गरिमा विकास बैंकको ९० लाख कित्ता हकप्रद निष्कासन, बैशाख १४ गतेदेखि विक्री खुला

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९० लाख ७६ हजार २९६ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । यो बैंकले एक सय रुपैयाँ अंकित १० कित्ता साधारण सेयर बराबर नयाँ ७ कित्ता साधारण सेयर (१०ः७)को अनुपातमा हकप्रद निष्कासन गरेको छ । यो बैंकले १ अर्ब २९ करोड ६६ लाख १३ हजार ८०९ रुपैयाँको चुक्ता [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९० लाख ७६ हजार २९६ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ ।

यो बैंकले एक सय रुपैयाँ अंकित १० कित्ता साधारण सेयर बराबर नयाँ ७ कित्ता साधारण सेयर (१०ः७)को अनुपातमा हकप्रद निष्कासन गरेको छ ।

यो बैंकले १ अर्ब २९ करोड ६६ लाख १३ हजार ८०९ रुपैयाँको चुक्ता पुँजीमा ९० करोड ७६ लाख रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । यसको सेयर आवेदन दिन यही चैत २९ सम्म सेयर किनेका लगानीकर्ताले हकप्रदको आवेदन दिन सक्नेछन।

यसको सेयर आवेदन आगामी बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एस क्यापिटल लिमिटेड हो ।

यसको सेयर आवेदन एस क्यापिटल लिमिटेड, एस डेभलपमेन्ट, महालक्ष्मी विकास बैंक कैलाली र गरिमा विकास बैंकको सम्पूर्ण शाखाबाट गर्न सकिने उल्लेख छ ।

Share News