काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले नयाँ सेयर (एफपीओ) निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँको ९ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न उक्त कम्पनीलाई बिक्री प्रवन्धकमा नियुक्त गरेको हो ।
मंगलबार सम्पन्न एक कार्यक्रमबीच उक्त नियुक्ति सम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतामा नेपाल ग्रामीण विकास बैंकका तर्फबाट नि. कार्यकारी अधिकृत राजेश शर्मा तथा निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा-प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् ।