काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । सो प्रयोजनको लागि अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले १६६ दशमलब ६७ (एक बराबर १.६६६७ को अनुपातमा) हकप्रद जारी गर्ने अनुमति मागेको हो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ६४ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले चैत २० गते धितोपत्र बोर्डमा निवेदन दिएर एनएमबी क्यापिटल मार्फत ६४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो ।