काठमाडौं । गरिमा विकास बैंकले सर्वसाधारणकोलागि ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी चैत ३० गते कम्पनीको बुक क्लोज हुने छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २९ करोड ६६ लाख रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी २ अर्ब २० करोड ४२ लाख रुपैयाँ नाघ्ने छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ४६५ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।