भौतिक पूर्वाधार पुन:निर्माण कोषमा नागरिक लगानी कोषले गर्‍यो५१ लाख सहयोग

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुन:निर्माण कोष’मा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो । 

सो रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार (आज) अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए ।

साथै आजसम्म उक्त कोषमा १४ करोड सात लाख रुपैयाँ रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Share News