काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरू निर्वाचन आयोग पुगेका छन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापासहितका नेताहरू आयोग पुगेको जानकारी कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीले दिए ।
पार्टीको वैधानिकताबारे बहस चर्किएको अवस्थामा कांग्रेसका नवनिर्वाचित नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।
सहमहामन्त्री स्नेहीका अनुसार मंसिर २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवारी मनोनयन माघ ५ गते तय भएकाले दलको आधिकारिकता सुनिश्चित गर्न आयोगमा उपस्थित भएको हो ।
पुस २६ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरेपछि नेपाली कांग्रेसभित्र आधिकारिकता सम्बन्धी विवाद चुलिएको छ ।
सोही विवादका बीच नवनिर्वाचित नेतृत्वले निर्वाचन आयोगमार्फत आफ्नो दाबी औपचारिक रूपमा प्रस्तुत गरेको हो ।