महामन्त्री थापाले आफ्नो दायित्व अनुरुप काम गरेनन् : कार्यवाहक सभापति खड्का

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादर खड्काले पार्टीविरुद्ध कुप्रचार गरिएको बताएका छन् । 

उनले पार्टी विधानले चल्ने भन्दै विधानविरुद्ध गएका केही मान्छेहरूले पार्टीविरुद्ध कुप्रचार गरेको दाबी गरेका हुन् ।

महामन्त्रीहरूले अधिकारको दुरुपयोग गरेको खड्काको आरोप छ । पार्टीको केन्द्रीय कार्य समितीले सर्वसम्मतिले पुष २७ मा महाधिवेशन गर्ने निर्णय गरेको स्मरण समेत खड्काले गराए ।

निवर्तमान महामन्त्री गगन थापाले आफ्नो काम नगरेको आरोप खड्काले लगाएका छन् । 

दुई वर्ष पहिले सभापति शेरबहादर देउवाले सदस्यता व्यवस्थापन समितिको संयोजक बनाएपनि थापाले समयमा सदस्यता नटुङ्गाएको आरोपसमेत खड्काले थापालाई लगाए ।

पुष १८ गते केन्द्रीय कार्यसम्पादन समितिमा उक्त विषयमा छलफल हुँदै गर्दा महामन्त्री छलफलबाट भागेको खड्काको दाबी रहेको छ ।

उनले नियमित महाधिवेशनको मिति तोकिएपछि विशेष महाधिवेशनको औचित्य सकिएको पनि बताए ।

पुष १८ गतेको कार्य सम्पादन समितिको बैठकले बैशाख २६ गते नियमित महाधिवेशनको मिति तोकेको थियो ।

Share News