निर्वाचन आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोग र दलबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका आयुक्तहरूले शुक्रबार (आज) आयोगको कार्यालयमा दलका प्रतिनिधिहरूसँग बैठक गरी आचारसंहिता पालना, प्रचार प्रसारका मापदण्ड र निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा विश्वसनीय बनाउने विषयमा विस्तृत छलफल गरेका हुन् ।

आयोगका अनुसार माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय भइसकेकाले निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सबै राजनीतिक दलले आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको छन् ।

आयोगले निर्वाचन प्रचार–प्रसारका क्रममा राज्य स्रोतको दुरुपयोग नगर्न, उत्तेजक अभिव्यक्ति र घृणात्मक भाषण प्रयोग नगर्न तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह नगर्न दलहरूलाई सचेत गराएको छ ।

Share News