काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार (आज) ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ७७ हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य ताेलाकाे ५ हजार ६४५ रूपैयाँ कायम भएको छ ।
बिहीबार एक तोला सुनकाे २ लाख ७६ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ४८५ मा कारोबार भएको थियो ।