निर्वाचन प्रहरीमा मागभन्दा कम आवेदन, समय २ दिन थपियो

काठमाडौं । गुल्मी जिल्लामा निर्वाचन सुरक्षाका लागि आवश्यक सङ्ख्यामा प्रहरीको आवेदन नपुगेपछि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार र शनिबारसम्मका लागि निर्वाचन प्रहरी भर्नाको म्याद विस्तार गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार नेपाल प्रहरीतर्फ माग गरिएको १ हजार ६९५ जनामध्ये हालसम्म १ हजार १२८ जनाले मात्रै आवेदन दिएका छन् । त्यस्तै, सशस्त्र प्रहरी बलतर्फ माग गरिएको १७९ जनामध्ये १३१ जनाको आवेदन परेको छ । दुवै निकायमा आवश्यक सङ्ख्याभन्दा कम आवेदन परेपछि म्याद थप गर्नुपरेको प्रहरीले जनाएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी तथा समग्र निर्वाचन प्रक्रिया सुरक्षित बनाउन अस्थायी प्रहरी परिचालन गरिँदै आएको छ। तर अपेक्षित सङ्ख्यामा आवेदन नपर्दा सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको प्रहरीको भनाइ छ।

Share News