३ रुपैयाँ घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेल १ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो । 

यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्य सूची निर्धारण गरेको हो ।

Share News