काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मालेको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ ।
सभाले बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलका सुझाव प्राप्त भएमा सोही अनुरूप आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।