काठमाडौं । प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बुधबार (आज) सभा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ ।
आजै सम्पन्न सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई बैंकको सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि पनि बैंकको सञ्चालकका रूपमा कार्यरत थिए ।