काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १३ औँ वार्षिक साधारण सभा पोखरा–८, सिटि स्क्वायर व्याङ्क्वेटमा सम्पन्न भएको छ ।
सभाले आ.व. २०८१/८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी कुल ८.४६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित सम्पूर्ण प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
सभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरि बहादुर बुढाथोकीले गरे । पूर्व सञ्चालक विश्व मोहन अधिकारी र मनोविज्ञान श्रेष्ठले बैंकको उपलब्धि र आगामी वर्षका लागि प्रतिफल वृद्धि सम्बन्धी सुझाव दिएका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय पहुँचबाट बञ्चित समुदायलाई सेवा पुर्याउने, डिजिटल उपकरण बढाउने, दिगो लगानी प्रवद्र्धन गर्ने र हरित बैंकिङ तथा सामाजिक उत्तरदायित्वमार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सञ्चालक कृष्ण शंकर श्रेष्ठले सभामा उपस्थित सम्पूर्ण अतिथि र सेयरधनीलाई धन्यवाद ज्ञापन गरे ।