काठमाडौं । सुदूरपश्चिमका ग्राहकलाई लक्षित गर्दै टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु गर्न लागेको छ ।
माघ १ देखि ३ गतेसम्म बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा आयोजना हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी जस्ता अत्याधुनिक मोडलहरू प्रदर्शन र टेस्ट ड्राइभका लागि उपलब्ध हुनेछन् ।
कम्पनीका अनुसार, पर्वको अवसरमा पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्नेछ । कार्यक्रममा सहभागी ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, निःशुल्क चार्जिङ बक्स (जडान सहित), लाइफ टाइम चार्जिङ सुविधा र निःशुल्क एभीटीसहित हरेक बुकिङमा उपहार पाउनेछन् ।
सिप्रदी ट्रेडिङका अनुसार यस अभियानले ग्राहकलाई आधुनिक प्रविधियुक्त र किफायती सवारी साधन छनोट गर्न सहज बनाउने विश्वास छ । ग्राहकहरूले धनगढीको बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सका नयाँ र अत्याधुनिक डिजाइन भएका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।