काठमाडौं । एशिया बैंक लिमिटेडको सर्वसाधारण सेयरधनी समूहबाट अनुपा प्रधान राजभण्डारीलाई सञ्चालक पदमा नियुक्त भएकी छन् । बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभव भएकी राजभण्डारीले बैंकको सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले यसअघि तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेकी थिइन् ।
एनआईसी एशिया बैंकले नवनियुक्त सञ्चालक राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारको तर्फबाट स्वागत तथा बधाई ज्ञापन गरेको छ ।