हिमालयन बैंकको ३३औं साधारण सभा सम्पन्न, एकीकृत वित्तीय विवरण पारित

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले बैंक तथा सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि वर्तमान लेखापरीक्षक सीए रन्जीब एन्ड एसोसिएट्सलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यसैगरी, नियामक निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातअनुसार सञ्चालक समितिको संरचना परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको छ ।

Share News