सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका हुन् । 

सायमी चर्चित गुठी आन्दोलनको नेता हुन् । त्यसैगरी उनले काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका छन् । 

राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढ्ने संकल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । 
 

Share News