काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५२ अंकले बढेर २६४१ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १२५ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै युनियन हाइड्रोको २३ करोड, एसवाई प्यानलको २२ करोड, मन्जुश्री फाइनान्सको २१ करोड र दोर्दी खोला जलविद्युतको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबार फाइनान्स समूह सबैभन्दा धेरै २.५५ प्रतिशतले बढेको छ । विकास बैंक ०.०१, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.०७, लगानी ०.११, निर्जीवन बीमा ०.३८, व्यापार ०.६७ प्रतिशतले बढेको छ । बैंकिङ ०.०८, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१ तथा माइक्रोफाइनान्स ०.०५ तथा अन्य ०.१३ प्रतिशतले घटेको छ ।