काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बुधबार १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरूको प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट जवाफ दिएका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडको हाल ८९ शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ । बैंकले 'निरन्तर सहयात्रा' नारासहित उच्चस्तरीय, आधुनिक र सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।