काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) को १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा चेम्बरका हालसम्मका गतिविधि, उपलब्धि तथा वित्तीय अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो । साथै नेपाल र इटालीबीच व्यापार, लगानी तथा व्यावसायिक सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साधारण सभाले एनआईसीसीआईको नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा सञ्जय अग्रवाल चयन भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा रूपक राजवंशी, उपाध्यक्षद्वयमा मनोजकुमार ज्ञवाली र अरणिको राज भण्डारी चयन भएका छन् ।
महासचिवमा मनोज श्रेष्ठ भडेल, सचिवद्वयमा रोमनाथ घिमिरे र विनोद सग्तानी तथा कोषाध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा बसुमाया तामाङ, सबिना प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैजु, वीरन्द्र शाही, किशन सुनार, सञ्जय कुमार अग्रवाल, सुमित कुमार बन्सल, सुशील कुमार जैन, युगेशभक्त बडे श्रेष्ठ, सुनिता सिंह, संघर्ष बिष्ट, गम्भीर मान श्रेष्ठ, योगेन्द्र विक्रम थापा, दम्बर पराजुली तथा कल्याण सिलवाल चयन भएका छन्।
सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त साधारण सभाले नेपाल–इटाली आर्थिक तथा व्यावसायिक सहकार्य प्रवद्र्धनमा एनआईसीसीआईको भूमिकालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।