काठमाडौं । केन्द्रीय सदस्यहरूको संख्या अत्यधिक भएकाले नेपाली कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरूलाई कार्यालयको प्राङ्गणमै शपथ गराइएको छ ।
नेकपाका कार्यालय सचिव गणेशमान पुनका अनुसार २ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय कमिटीका सदस्यमध्ये २ हजार २ सय सदस्यले सपथ लिएका छन् ।
मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा शपथ लिएका हुन् ।
केन्द्रीय कार्यालय परिसरमा भीड व्यवस्थापनका लागि छुट्टाछुट्टै समूहमा शपथ गराइएको पुनले जानकारी दिए ।
हाल नेकपाको केन्द्रीय सदस्य संख्या २ हजार ४ सय ९९ कायम गरिएको छ । यद्यपि यो संरचनालाई स्थायी केन्द्रीय समिति नभई महाधिवेशन आयोजक कमिटीको रूपमा नामाकरण गरिएको पार्टीले जनाएको छ ।
पार्टीको केन्द्रीय महाधिवेशनपछि बन्ने स्थायी केन्द्रीय समिति १ सय ९९ सदस्यीय बनाउने सहमति यसअघि नै भइसकेको छ । आगामी महाधिवेशनमार्फत नेतृत्व चयन र केन्द्रीय समितिको आकार टुंग्याइने पार्टी नेताहरूले बताएका छन् ।
संयोजक पुष्पकमकल दाहाल र सहसंयोजक माधव नेपालले जेष्ठ सदस्य नन्द कुमार प्रसाईंबाट सपथ लिएका थिए ।