काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
पार्टीको निर्वाचन समितिका प्रमुख सीताराम केसीले निर्वाचन कार्यक्रम सार्वजनिक भएको जानकारी दिए ।
जसअनुसार २ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । र लगत्तै मनोनयनपत्र दर्ताको कार्यक्रम पनि सुरु हुनेछ ।
मतदान राति ९ बजे हुने केसीले बताए ।
महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ तोकिएको छ ।