इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’को नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

सोमबार (पुस २८) राति सम्पन्न निर्वाचनमा संस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, तृतीय उपाध्यक्षमा गीता शिवाकोटी र महासचिवमा भवनाथ हुमागाइँ विजयी भएका छन् ।

सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी र सहकोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन् ।

सदस्यमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी भएका छन् ।

निर्वाचित नेतृत्वलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले शुभकामना दिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साधारणभाको उद्घाटन गरेका थिए ।

Share News