काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २६३५ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ७५ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३३३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
राधी विद्युतको ३१ करोड, मन्जुश्री फाइनान्सको २७ करोड, श्रीनगर एग्रीटेकको २५ करोड र शिवम् सिमेन्टको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको हो ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले घटेको छ । विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.१० प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४, अन्य ०.२९ प्रतिशतले घटेको छ ।