कांग्रेस दास र लाशहरूको पार्टी होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्ररेस कुनै दास र लाशको पार्टी नभएको बताएका छन् । 

थापाले नेपाली कांग्रेसमा अब कुनै तानाशाही नचल्ने दाबीसमेत गरे । 

उनले भने, ‘अब नेपाली कांग्रेसमा कोही ठूलो–सानो हुँदैन । मञ्चमा बस्ने र भुइँमा बस्ने बीचमा फरक व्यवहार हुँदैन ।’ 

थापाले नव युवापुस्ता व्यक्तिगत रूपमा आफूहरूसँग नरिसाएको बताए । ‘नव युवापुस्ता हाम्रो कार्यशैलीसँग रिसाएको हो,’ थापाले दाबी गर्दै भने ।

भाद्र २३ र २४ पछि कांग्रेस सुधारिनुपर्छ भन्नेहरू आज भृकुटीमण्डपमा आएको र सुधारिन नचाहनेहरू बाहिर रहेको मत उनको छ ।

अर्को प्रसंगमा थापाले पार्टीभित्र नेपोबेवी हावी भएको बताए । अब नेपाली कांग्रेस त्यो चरणबाट मुक्त हुनुपर्ने उनको भनाइ छ ।

Share News