नेपाली कांग्रेसको विशेष महाधिवेशन : बन्दसत्र भोलि बिहान ८ बजे

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार (भोलि) बिहान ८ बजेबाट सुरु हुने भएको छ । 

विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यले बन्दसत्र भोलि बिहान ८ बजेबाट प्रारम्भ हुने जानकारी दिए । उनले बन्दसत्रमा सहभागी प्रतिनिधिहरूलाई समयमै उपस्थित हुन अनुरोधसमेत गरेका छन् ।

महाधिवेशनस्थलमै हुने बन्दसत्रमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक संरचना तथा भावी कार्यदिशाबारे छलफल हुने जनाइएको छ ।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद र बहस जारी रहेका बेला सुरु हुन लागेको बन्दसत्रलाई महत्त्वपूर्ण मानिएको छ । 

बन्दसत्रका निर्णयहरूले पार्टीको आगामी रणनीति र आन्तरिक राजनीतिमा निर्णायक प्रभाव पार्ने नेताहरूको अपेक्षा छ ।

Share News