काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची अद्यावधिक गर्न निर्वाचन आयोग पुगेको छ ।
पार्टी सचिवालय सदस्य गणेश पराजुलीसहितका नेताहरू आइतबार आयोग पुगेको सहप्रवक्ता रमेश प्रसाईंले जानकारी दिए ।
रास्वपामा समाहित भएको उज्यालो नेपाल पार्टीसँग भएको एकता बिथोलिएपछि बन्दसूची संशोधन गर्नुपर्ने अवस्था आएको प्रसाईंले जानकारी दिए । दुवै दलको एकता १२ दिनपछि शनिबार टुटेको हो ।
एकताको क्रममा दुवै दलका उमेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइएको थियो । उक्त सूचीमा उज्यालो नेपालका १४ उम्मेदवार समावेश गरिएको र ती उम्मेदवारलाई रिप्लेस गर्न लागिएको प्रसाईंले जानकारी दिए ।
ती उम्मेदवारबाहेक नाम फिर्ता लिएका उमेदवारहरूको बारेमा समेत पार्टीको प्रतिनिधि मण्डलले बुझिरहेको प्रसाईंले जानकारी दिए ।