अबको २५ वर्षपछि संसार कस्तो हुनेछ ?

एआईको सहायताले बनाइएको तस्बिर ।

काठमाडौं । पछिल्ला २५ वर्षमा प्रविधिमा अचम्मलाग्दा परिवर्तनहरू भएका छन् । शताब्दीको सुरुवाततिर अधिकांश कम्प्युटरहरू आवाज आउने डायल अप इन्टरनेट जडानमार्फत इन्टरनेटमा जोडिन्थे, नेटफ्लिक्स एउटा अनलाइन डीभीडी भाडा सेवा मात्र थियो र अधिकांश मानिसहरूले स्मार्टफोनको नामसमेत सुनेका थिएनन् ।

दुई दशकभन्दा अलि बढी समय अघि बढ्दा एआई (कृत्रिम बौद्धिकता), रोबोटिक्स र अन्य धेरै क्षेत्रमा नवप्रवर्तनहरू अकल्पनीय गतिमा देखा परिरहेका छन् । त्यसैले हामीले विशेषज्ञहरूलाई सोध्यौं– आउँदा २५ वर्षले के–कस्ता परिवर्तन ल्याउन सक्छ ?

यहाँ २०५० सम्म हामी प्रयोग गर्ने प्रविधि र त्यसले हाम्रो जीवन कसरी पुनःआकार दिन सक्छ भन्नेबारे उनीहरूको अनुमान प्रस्तुत गरिएको छ ।

मानव र मेसिनको एकीकरण

२०५० को दशकमा आधारित विज्ञान–कथाहरूमा मानिसहरूले आफूलाई अझ तन्दुरुस्त, खुसी र उत्पादक महसुस गर्न प्रविधिगत सुधारहरू प्रयोग गरेको धेरै उदाहरण पाइन्छ ।

सन् २००० मा आएको हिट गेम डिउस एक्स (जसको कथा २०५२ मा आधारित छ) मा खेलाडीले ‘न्यानाइट्स’ भनिने साना रोबोटहरू शरीरमा इन्जेक्ट गर्न सक्छ ।

A new Deux Ex isn't coming in 2026 as people in charge are "psychopaths",  jokes series voice lead | Eurogamer.net

यी सूक्ष्म रोबोटहरूले परमाणु तहमा पदार्थलाई नियन्त्रण गर्छन्, जसले असाधारण क्षमता जस्तै अत्यधिक गति र अँध्यारोमा देख्न सक्ने शक्ति प्रदान गर्छ ।

यो टाढाको भविष्यजस्तो सुनिए पनि न्यानो–प्रविधि (मिलिमिटरको दस लाखौं भागको स्तरमा हुने इन्जिनियरिङ) आज नै धेरै दैनिक प्रविधिहरूमा प्रयोग भइरहेको छ ।

वास्तवमा तपाईं अहिले यी शब्दहरू पढिरहनु भएको तरिका नै न्यानो प्रविधिबाट सम्भव भएको हो । प्रत्येक स्मार्टफोन वा कम्प्युटरमा अरबौं साना ट्रान्जिस्टरहरूबाट बनेको केन्द्रीय चिप हुन्छ, जुन डाटा प्रशोधन छिटो बनाउन न्यानो स्तरमा निर्माण गरिएका हुन्छन् ।

लन्डन सेन्टर फर न्यानोटेक्नोलोजीका प्राध्यापक स्टिभन ब्रामवेलले बीबीसीलाई २०५० सम्म मेसिन, इलेक्ट्रोनिक्स र जीवविज्ञानबीचको सीमाना निकै अस्पष्ट र मिश्रित हुने बताए । यसको अर्थ त्यो समयसम्म स्वास्थ्य निगरानी वा सञ्चारमा सहयोग पुर्याउने न्यानो प्रविधि इम्प्लान्टहरू देखिन सक्छन्— डीउस एक्समा जस्तो अदृश्य बन्ने उद्देश्यका लागि होइन ।

चिकित्सा क्षेत्रमा पनि न्यानोमिटर स्तरका मेसिनहरू औषधि ठ्याक्कै आवश्यक स्थानमा पुर्याउन सामान्य रूपमा प्रयोग हुन सक्ने प्राध्यापक ब्रामवेलले बताए ।

साइबरनेटिक्सका प्राध्यापक केभिन वारविक पनि शारीरिक सुधार अध्ययनमा उत्तिकै रुचि राख्छन् र अरूभन्दा एक कदम अगाडि छन् ।

प्राध्यापक वारविकको विश्वास छ कि २०५० सम्म साइबरनेटिक्स प्राकृतिक र यान्त्रिक प्रणालीबीचको सम्बन्ध अध्ययन गर्ने विज्ञानमा भएको प्रगतिले रोगहरूको उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।

null

प्राध्यापक केभिन वारविक ।

उनले केही अवस्थाहरू जस्तै स्किजोफ्रेनियाको आंशिक उपचारका लागि औषधीको सट्टा ‘गहिरो मस्तिष्क इलेक्ट्रोनिक उत्तेजना’ प्रयोग हुने भविष्यवाणी गर्छन् ।उनका अनुसार उनले आफै परीक्षण गरिसकेका जस्ता थप साइबरनेटिक सुधारहरू देखिने सम्भावना छ, जसले ‘तपाईंको मस्तिष्क र शरीर फरक–फरक स्थानमा हुन’ सक्ने अवस्था ल्याउन सक्छ ।

तर यदि हामी कुनैनयाँ सुधार वा नयाँ आहारले शरीरमा कस्तो प्रभाव पार्छ भनेर साइड इफेक्टको जोखिम नलिइकनै परीक्षण गर्न चाह्यौं भने ? साइन्स म्युजियमका विज्ञान निर्देशक प्राध्यापक रोजर हाईफिल्डका अनुसार भविष्यमा ‘डिजिटल ट्विन’ हाम्रो दैनिक जीवनको सामान्य हिस्सा बन्न सक्छ । डिजिटल ट्विन भनेको कुनै वास्तविक वस्तु वा व्यक्तिको कम्प्युटरमा बनाइएको डिजिटल प्रतिरूप हो, जसलाई वास्तविक–समयको डाटाले निरन्तर अपडेट गरिरहन्छ । 

उनको कल्पनामा भविष्यमा हरेक व्यक्तिका हजारौं साना–साना डिजिटल ट्विन्स हुन सक्छन् । ती ट्विन्स प्रयोग गरेर कुनै औषधि खाँदा, खानपान बदल्दा वा जीवनशैली परिवर्तन गर्दा आफ्नो शरीरमा कस्तो असर पर्छ भनेर पहिले नै परीक्षण गर्न सकिन्छ।

एआईको अर्को पुस्ता

गुगल र आईबीएमसहित धेरै प्रविधि कम्पनीहरू हाल एआईलाई अझ अगाडि बढाउने उद्देश्यले बहुअर्ब डलरको प्रतिस्पर्धामा छन् । क्वान्टम कम्प्युटर यस्ता मेसिन हुन् जसले अत्यन्त जटिल गणनाहरू अविश्वसनीय गतिमा गर्न सक्छन् ।

सन् २०२५ जनवरीमा अग्रणी चिप कम्पनी एनभीडीयाका प्रमुख जेन्सेन हुवाङले ‘अत्यन्त उपयोगी’ क्वान्टम कम्प्युटिङ २० वर्षभित्र आउने विश्वास व्यक्त गरेका थिए । २०५० नजिकिँदै जाँदा एआईले हाम्रो समाजमा अझै ठूलो प्रभाव राख्ने निश्चित छ ।

null

जेन्सेन हुवाङ

२०५० को बेलायत शिक्षा सम्बन्धी ह्वाइट पेपर लेख्न सहयोग गरेकी भविष्यविद् तथा लेखिका ट्रेसी फलोजको विश्वास छ— एआई शिक्षकहरूको प्रयोग गर्दै सिकाइ ‘डिजिटल र भौतिक वास्तविकता’ दुवैमा हुनेछ, जहाँ पाठ्यक्रम ‘वास्तविक समयमा समायोजन’ हुनेछ ।

पाठ्यपुस्तकको सट्टा बालबालिकाले ‘इमर्सिभ सिमुलेसन’ प्रयोग गर्ने उनको अनुमान छ । त्यसैगरी, शिक्षा कम मानकीकृत हुनेछ, र प्रत्येक बालकले कसरी राम्रो सिक्छ भन्ने बुझ्न उसको डीएनए वा बायोमेट्रिक डाटा अध्ययन गरिनेछ ।

ट्राफिकरहित सडक र चन्द्रमामा आधार शिविर

लेखक बिल डग्लस आकर्षक भविष्यवाणी गर्न माहिर छन्—सन् २००० मा उनले ‘द वर्ल्ड इन २०५०’ शीर्षकको विश्वव्यापी भविष्यवादी लेखन प्रतियोगितामा २० हजार डलर पुरस्कार जितेका थिए ।

उनको प्रारम्भिक भविष्यवाणीमध्ये एउटा पाइलटविहीन विमान २०५० सम्म साकार हुने विश्वास उनी अझै राख्छन्, तर त्यसभन्दा पहिला चालकविहीन कारमा ठूलो प्रगति भएर ट्राफिक जाम  ‘इतिहासको कुरा’  बन्ने उनको धारणा छ ।

null

वेमो स्वचालित ड्राइभिङ प्रविधि विकास गर्ने एउटा कम्पनी हो ।

‘कारहरू अहिलेभन्दा धेरै नजिक नजिक चल्नेछन्,’ उनले बीबीसीलाई भने, ‘एउटा कारले ब्रेक लगायो भने सबैले लगाउँछन् ।’

स्वचालित सवारीका लागि निजी टोल सडकमा ट्राफिक १०० माइल प्रतिघण्टासम्म पुग्न नसक्ने कुनै कारण छैन—र सडक दुर्घटनाबाट हुने मृत्युदर अत्यन्तै घट्नेछ ।

पृथ्वी बाहिर पनि अन्तरिक्ष प्रतिस्पर्धा तीव्र गतिमा अघि बढ्ने स्पेस बफिन्स पोडकास्टकी सहहोस्ट तथा पत्रकार सु नेल्सनले बीबीसीलाई बताइन् ।

उनका अनुसार २५ वर्षभित्र चन्द्रमामा बस्न मिल्ने आधार शिविर बन्ने सम्भावना छ र केही उद्योगहरू लगभग पूर्ण रूपमा अन्तरिक्षमै आधारित हुन सक्छन् ।

विज्ञानकथा र विज्ञानको संगम

विज्ञानकथा लेखक फिलिप के डिकको कृतिमा आधारित फिल्म माइनोरिटी रिपोर्ट सन् २००२ मा रिलिज भएको थियो, जसको कथा सन् २०५४ मा आधारित छ ।

Minority Report' Female-Led TV Follow-Up Lands at Fox

छायांकन सुरु हुनुभन्दा तीन वर्षअघि निर्देशक स्टिभन स्पिलबर्गले भर्चुअल रियालिटीका संस्थापक जेरोन लानियरसहित १५ जना विशेषज्ञलाई तीन दिने सम्मेलनमा आमन्त्रण गरे, जहाँ २०५० को दशकमा सम्भव हुन सक्ने प्रविधिहरूबारे छलफल गरियो ।

ती छलफलहरूले फिल्ममा देखाइएका धेरै नवप्रवर्तनहरूको रूपरेखा तयार पारे ।

यदि टम क्रुज अभिनीत उक्त विज्ञानकथा थ्रिलरका घटनाहरूलाई विश्वास गर्ने हो भने २०५० को मध्यतिर हामी सबै पारदर्शी मोनिटरमा हातका इशाराबाट भिडियोहरू घुमाउँदै हेर्नेछौं र जेटप्याक लगाएका प्रहरीहरू अपराध हुनुअघि नै रोक्ने प्रयासमा हुनेछन् ।

कला क्षेत्रमा देखिने धेरै विज्ञानकथाजस्तै यो फिल्मले पनि भविष्यलाई निराशाजनक (डिस्टोपियन) रूपमा चित्रण गर्छ ।

यही भावना आजको समयमा केही विशेषज्ञहरूले दोहोर्याउन थालेका छन्—कतिपयले त कृत्रिम बौद्धिकताले मानव सभ्यताको अन्त्यसम्म गराउन सक्छ भन्ने दाबीसमेत गरेका छन् ।

तर २०५० ले हामीलाई के पर्खिरहेको छ भनेर अत्यधिक निराश हुनुअघि फिलिप के डिककै शब्दहरू सम्झनु उपयुक्त हुन्छ ।

‘म त विज्ञानले हामीलाई मद्दत गर्छ भन्ने पक्षमा बाजी लगाउँछु,’ उनले सन् १९६८ मा लेखेको आत्मकथात्मक निबन्ध सेल्फ पोट्रेटमा लेखेका थिए ।

‘विज्ञानले जति जीवन लिएको छ, त्यसभन्दा धेरै जीवन दिएको छ,’ उनले भने ।

‘हामीले यो कुरा सम्झिरहनुपर्छ,’ उनले थपे ।

(बीबीसीबाट अनुदूति तथा सम्पादित )
 

Share News