सुनको मूल्य तोलामा २८ सयले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य आइतबार प्रतितोला दुई सय १० रुपैयाँले बढेर चार हजार ९९० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।   

Share News