वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्वाचित

काठमाडौं । वायुसेवा संचालक संघ (आवोन) को २५औँ वार्षिक साधारण सभाबाट प्रतापजंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । पाण्डे कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेडका सञ्चालक हुन् ।

शुक्रबार लाजिम्पाटमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । सभाबाट प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास सापकोटा तथा तृतीय उपाध्यक्षमा तारा एयरका सीईओ उमेश पनेरु चयन भएका छन् ।

यस्तै, महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी चयन भएका छन् ।

कार्यसमितिका सदस्यमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट तथा हेलि एभरेष्टका फुर्वा छिरिङ शेर्पा चयन भएका छन् ।  

Share News