४ लाखसम्म लाभसहितको रियर ह्वील ड्राइभ ईभी अफरले ग्राहकलाई लोभ्याउँदै

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता बढ्दै जाँदा ग्राहकहरूले अब केवल रेन्ज र चार्जिङ, ड्राइभिङ कम्फर्ट र प्रदर्शनमात्र नभई रियर ह्वील ड्राइभ प्रविधि (पछाडि रहेको पाङ्ग्राले मात्र गाडीलाई अघि धकेल्ने प्रणाली) पनि हेर्न थालेका छन् ।

रियर ह्वील ड्राइभले सुसज्जित ईभीहरूले सन्तुलित ड्राइभ, राम्रो ग्रिप र सहज यात्रा अनुभव प्रदान गर्छन् । यी गुणहरूले नेपालका पहाडी सडक, सहरका भीडभाड सडक र हाइवेमा ड्राइभरहरूलाई बढी आत्मविश्वासी बनाउँछन् ।

सामान्यतया प्रिमियम र स्पोट्र्स कारमा देखिने यो प्रविधि अब नेपाली ग्राहकहरूका लागि एमजीका मोडेलहरू एमजी एसफाइभ, एमजी फोर, एमजी कोमेट, र एमजी आईएम सिक्समार्फत उपलब्ध छ ।

रियर ह्वील ड्राइभ ईभी किन्न चाहने ग्राहकहरूले पारामाउन्ट मोटर्सको इलेक्ट्रिफाइङ न्यू इयर (२०२६ अफरबाट फाइदा लिन सक्नेछन् । 

डिसेम्बर २५ बाट सुरु गरिएको योजनामा ४ लाखसम्मको नगद लाभ, उत्कृष्ट भ्यालुएसन, एक्सचेन्ज बोनस, सजिलो फाइनान्सिङ, निःशुल्क एक्सेसरीहरू र तुरुन्त डेलिभरी उपलब्ध छ । यो अफर एमजी शोरूमहरूमा देशभर उपलब्ध छ ।

Share News