काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको जनाएको छ।
विभिन्न नेटवर्कमा आबद्ध क्यु आर मर्चेन्टहरूलाई लक्षित गर्दै बैंकले क्यूआर मर्चेन्ट एमबीएल स्मार्ट लोन सेवाको सुरुवात गरेको हो ।
बैंकले क्यूआर मर्चेन्टहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिना धितो सहज र सरल तरिकाले एमबीएल ए स्मार्ट एपमार्फत नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ ।
साथै १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।