काठमाडौं । सोमबार मात्रै नेपाल स्टक एस्चेञ्ज(नेप्से)मा ५ करोड ३६ लाख १४ हजार ९९५ कित्ता सेयर थपिएको छ । सो दिन ७ वटा कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर थपिएका हुन् ।
बजारमा सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएको छ । सो दिन बोनस सेयर मात्रै ३ करोड ४२ लाख ९२ हजार २९५ कित्ता सेयर सूचिकृत भएको छ । साथै, १ करोड ९३ लाख २२ हजार ७०० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
सोमबार सूचिकृत ७ कम्पनीको सेयर
