दुई पटक सर्किट ब्रेक लागेको नेप्से साढे ६ अंकले ओर्लियो, २ अर्ब ५२ करोडको सेयर कारोबार

<p>काठमाडौं । दुई पटक सर्किट ब्रेक लागेको सोमबारको सेयर बजारमा नेप्से परिसूचक साढे ६ अंकले ओरालो लागेको छ । सो दिन कारोबार बन्द हुँदा नेप्से परिसूचक ६ दशमलब ५९ अंकले घटेर १६६० दशमलब ५२ अंकमा आइपुगेको छ । सोमबार बजार खुलेको १५ मिनेट नपुग्दै नेप्से परिसूचक ३ प्रतिशतले बढेर १५ मिनेट बन्द भएको थियो । [&hellip;]</p>

काठमाडौं । दुई पटक सर्किट ब्रेक लागेको सोमबारको सेयर बजारमा नेप्से परिसूचक साढे ६ अंकले ओरालो लागेको छ । सो दिन कारोबार बन्द हुँदा नेप्से परिसूचक ६ दशमलब ५९ अंकले घटेर १६६० दशमलब ५२ अंकमा आइपुगेको छ ।

सोमबार बजार खुलेको १५ मिनेट नपुग्दै नेप्से परिसूचक ३ प्रतिशतले बढेर १५ मिनेट बन्द भएको थियो । त्यसपछिको केहि समय मै (अर्थात बजार खुलेको ३० मिनेट नपुग्दै) नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पुनः सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजेर ५९ मिनेट जाँदा बजार पुनः खुलेको थियो ।

परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा सुधार भएको छ । दुई पटक सर्किट ब्रेक लागेर खुलेको बजारमा २ अर्ब ५२ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन  कुल १४४ कम्पनीको ४३ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको १३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको क्रमशः १३ करोड ३१ लाख र १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

सो दिन बीमा र व्यापार समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा र व्यापार समूहको परिसूचक क्रमशः ६७.६५ र १.४१ अंकले उकालो लागेका छन् । त्यस्तै, होटल, हाइड्रोपावर र विकास समूहको परिसूचक क्रमशः ३५, २९ र १४ अंकले ओरालो लागेका छन् ।

Share News