काठमाडौं । सोमबार मात्रै पाँच वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सेञ्चुरी बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक र सेती फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले सेञ्चुरी बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य ३६२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३७१ रुपैयाँ रहने भएको छ ।
त्यस्तै, लक्ष्मी बैंकको शतप्रतिशत प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ । समायोजन पछिको सेयर मूल्य ४४९ रुपैयाँ तोकेको छ भने जसका लागि आधार मूल्य ४५५ रुपैयाँ रहने भएको छ ।
त्यसैगरि, सानिमा बैंकको ३० प्रतिशत प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । बैंकले समायोजन पछिको सेयर मूल्य ४६५ रुपैयाँ तोकेको छ भने जसका लागि आधार मूल्य ५२८ रुपैयाँ रहने भएको छ ।
त्यस्तै २० प्रतिशत बोनस पछि कृषि विकास बैंकको प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ५३० रुपैयाँ छ । नेप्सेले सेती फाइनान्सको पनि ३.६ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको छ । जसको आधारमूल्य २५२ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।