महुली लघुवित्तले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ २० पैसाको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत ४.७५ प्रतिशत अर्थात् १ करोड ७५ लाख ७१ हजार ३६६ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत अर्थात् ९ लाख २४ हजार ८०८ रुपैयाँ बराबरको नगद लाभांश समावेश छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Share News