ग्लोबल आइएमई लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले  सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत ४.७५ प्रतिशत अर्थात् २ करोड ९३ लाख ९७ हजार ७५२ रुपैयाँ १४ पैसा बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत अर्थात् १५ लाख ४७ हजार २५० रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश समावेश छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।  

Share News