काठमाडौं । आइतबार स्वरोजगार लघुवित्त विकास बैंकको १ लाख ३२ हजार ९९७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस अघि कम्पनीको ६ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०१९ रुपैयाँ रहेको छ ।