बीमा तिर तानिए लगानीकर्ता, ३८ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी नाफा

<p>काठमाडौं । बीमा कम्पनीको चुक्ता पुँजी बढ्ने चर्चाले बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । शुक्रबार बीमा समितिको सञ्चालक समितिको बैठकले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछि लगानीकर्ताहरु बीमा कम्पनीतिर तानिएका हुन् । ७९ अंकले बढेको साताको पहिलो दिन सेयर बजारमा १३२ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १२३ कम्पनीका लगानीकर्ताले कमाएका [&hellip;]</p>

काठमाडौं । बीमा कम्पनीको चुक्ता पुँजी बढ्ने चर्चाले बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । शुक्रबार बीमा समितिको सञ्चालक समितिको बैठकले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछि लगानीकर्ताहरु बीमा कम्पनीतिर तानिएका हुन् ।

७९ अंकले बढेको साताको पहिलो दिन सेयर बजारमा १३२ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १२३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाँकी ९ कम्पनीका लगानीकर्ताले सामान्य प्रतिशतले गुमाएका छन् ।

कमाउने मध्ये पनि ३८ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । जसमा ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने बाँकी ३० कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी(१० प्रतिशत भन्दा कम) कमाएका छन् ।

प्राय बीमा कम्पनीका लगानीकर्ताले पुरा १० प्रतिशत कमाएका छन् । हाम्रो विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, नेपाल ग्रामीण विकास बैंक र राष्ट्रिय बीमा कम्पनी लि. प्रमोटरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै, ९ प्रतिशत बढी(१० प्रतिशत भन्दा कम) कमाउनेमा बीमा कम्पनीका लगानीकर्ता आगाडी रहेका छन् । आइतबार बीमा समूहको परिसूचक ७३३ अंकले बढेको छ । साथै, अन्य समूहको परिसूचकमा पनि दोहोरो अंकको वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा पनि बीमा समूह अगाडी रहेको छ । बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको १२ करोड ९१ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५५५ रुपैयाँ रहेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको पनि ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४९० रुपैयाँ रहेको छ ।

Share News