काठमाडौं । आइतबार स्वाभाविक समयभन्दा करिब साढे दुई घण्टा अघि नै सेयर बजार बन्द भएको छ । कारोबार खुलेको करिब साढे २ घण्टामै ५ दशमलब प्रतिशतले बढेपछि सेयर कारोबार बन्द भएको हो ।
बिमा कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि आएपछि सेयर बजारमा सर्किट ब्रेक लागेर कारोबार बन्द भएको हो । कारोबार बन्द हुँदा बीमा समूहको परिसूचक ७३३ अंकले बढेको छ । साथै, बीमा लगाएत अन्य समूूहको परिसूचक पनि दाहोरो अंकले उकालो लागेका छन् ।
बजार बन्द हुँदा नेप्से परिसूचक ७९ दशमलब ४७ अंकले बढेर १६६७ अंकमा पुगेको छ । बजारमा ९४ करोड ३७ रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार बजार खुलेको दुई घण्टामा नै परिसूचक ४ प्रतिशतले बढेपछि ३० मिनेटका लागि कारोबार रोकिएको थियो ।
