काठमाडौं । आइतबार मात्रै ६५ लाख ६३ हजार ६६६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन बोनस र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो ।
नेप्सेमा तीन कम्पनीको गरि बोनस सेयर मात्रै ७ लाख ७७ हजार ४१ कित्ता सूचिकृत भएको छ भने ५७ लाख ८६ हजार ६२५ कित्ता साधारण सेयर सूचिकृत भएको छ ।
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको एक लाख १० हजार कित्ता, जानकी फाइनान्सको ३ लाख १० हजार ७८१ कित्ता र पश्चिममाञ्चल फाइनान्स कम्पनीको ४ लाख ५५ हजार २६० कित्ता बोनस सेयर सूचिकृत भएका छन् ।
साथै, गोर्खाज फाइनान्सको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । काठमाण्डू फाइनान्स र गोरखा डेभलपमेन्ट बैंक मर्ज पश्चात बनेको गोर्खाज फाइनान्सको ५७ लाख ८६ हजार ६२५ कित्ता साधारण सेयर नेप्सेमा थपिएको हो ।