हिमालयन इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । हिमालयन इनर्जी लिमिटेडले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । यसका लागि आईपीओ निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई दिइएको छ ।

मंसिर १ गते काठमाडौंमा आयोजित समारोहमा सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा हिमालयन इनर्जीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जीको आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापन गर्नेछ ।

कम्पनीले निर्माण गरिरहेको 'कालिन्चोक जलविद्युत आयोजना' दोलखा जिल्ला, कालिन्चोक–१ थामी गाउँमा अवस्थित छ र यसले ३ मेगावाट बिजुली उत्पादन गर्ने क्षमता राख्छ । २०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ (५ लाख कित्ता सेयर) पारित गर्दै, त्यसको २० प्रतिशत (१० लाख कित्ता) सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको थियो ।

हिमालयन इनर्जी लिमिटेडले कालिन्चोक आयोजना बाहेक अन्य सम्भावित ऊर्जा र पूर्वाधार परियोजनामा लगानी प्रवद्र्धन गर्ने दीर्घकालीन रणनीति पनि बनाएको छ । कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रमा दिगो विस्तार गर्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यसले परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा योगदान पु¥याउने योजना पनि बनाएको छ ।

Share News