अपडेटः नेप्से ५७ अंकले बढ्यो, बीमा कम्पनीका सेयर मूल्यमा उच्च वृद्धि

<p>काठमाडौं । आइतबार बजार खुलेको करिब दुई घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । परिसूचक १२ बजेर ५० मिनेट जाँदा परिसूचक ५७ दशमलब २४ अंकले बढेर १६४४ दशमलब ८८ अंकमा पुगेको छ । सो समयसम्म परिसूचक ३ दशमलब ६१ प्रतिशतले उकालो लागेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि वृद्धि भइरहेको [&hellip;]</p>

काठमाडौं । आइतबार बजार खुलेको करिब दुई घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । परिसूचक १२ बजेर ५० मिनेट जाँदा परिसूचक ५७ दशमलब २४ अंकले बढेर १६४४ दशमलब ८८ अंकमा पुगेको छ । सो समयसम्म परिसूचक ३ दशमलब ६१ प्रतिशतले उकालो लागेको छ ।

बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि वृद्धि भइरहेको छ । सो अवधिसम्म ७२ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भैसकेको छ । १२८ कम्पनीका १२ लाख ३७ हजार कित्ता सेयर किनबेच भइसकेका छन् ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी बीमा कम्पनीका सेयर किनबेच भइरहेका छन् । साथै, बीमा कम्पनीका सेयर मूल्यमा पनि उच्च वृद्धि भइरहेको छ । नेशनल लाइफ इन्स्योरेन्सको ११ करोड ९३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बढी र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भइसकेका छन् । साथै, सोही अवधी सम्म यी तीन कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता २५४९, २४९९ र २७०६ रुपैयाँमा किनबेच भइरहेका छन् ।

कारोबार समूहका आधारमा पनि बीमा समूहको परिसूचक ७०५ अंकले उकालो लागिरहेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालोे लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले उक्लिसकेका छन् ।

बीमा समितिको सञ्चालक समितिको निर्णय अनुसार बीमा कम्पनीको सेयर मूल्य चार गुणाले बढेको छ । समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछिको असर आइतबारको सेयर बजारमा परेको छ । त्यसैले बजारमा बीमा कम्पनीको कारोबार र सेयर मूल्य दुबैमामा वृद्धि भइरहेको छ ।

Share News