हमास गाजामा आक्रमण गर्न तयार रहेको अमेरिकाको दाबी

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले शनिबार हमासले गाजामा नागरिकहरूमाथि हमला’ गर्ने योजना बनाइरहेको बताएको छ ।

मन्त्रालयले ‘विश्वसनीय रिपोर्टहरू’ को आधारमा यो दावी गरेको हो ।

मन्त्रालयले भनेको छ कि यस्तो कुनै पनि कदम संघर्षविराम सम्झौताको गम्भीर उल्लङ्घन हुनेछ र यसले मध्यस्थताबाट हासिल गरिएको अहिलेसम्मको प्रगतिलाई कमजोर पार्नेछ ।

यद्यपि, अमेरिकी अधिकारीहरूले ती रिपोर्टहरूको स्रोत वा त्यससँग सम्बन्धित थप कुनै जानकारी साझेदार गरेका छैनन् ।

अमेरिकाले भनेको छ कि उसले गाजा शान्ति सम्झौताको अन्य प्रत्याभूतिकर्ताहरू अर्थात् इजिप्ट, कतार र टर्कीलाई पहिले नै सूचित गरिसकेको छ र हमासलाई संघर्षविरामका शर्तहरू पालना गर्न माग गरेको छ ।

विदेश मन्त्रालयको बयानमा भनिएको छ, ‘यदि हमासले यो आक्रमण गर्छ भने गाजाका मानिसहरूको सुरक्षा र संघर्षविराम कायम राख्नका लागि कदम उठाइनेछन्।’

अहिलेसम्म हमासले यस विवरणमा कुनै टिप्पणी गरेको छैन ।

हालका लागि इजरायल र हमासबीच संघर्षविरामको पहिलो चरण लागु छ। हमासबाट जीवित बन्दीहरू रिहा गरिसकिएको छ भने मृतकहरूको शव इजरायललाई सुम्पिने प्रक्रिया जारी छ ।

Share News