काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याज आम्दानीबाट बचेको रकम नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ । बैंकहरुलाई कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानीलाई नियमनकारी कोषमा जम्मा गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
‘लेखानीति बमोजिम आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा प्रोदभावी आधारमा लेखाङ्कन गरिएको ब्याज आम्दानीमध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्था अनुसारको आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
साथै, बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक चालु आवको त्रैमासिक वित्तीय विवरण कात्तिक २१ गतेभित्र सार्वजनिक गर्ने गरी समय थप गरेको छ ।