हमासलाई गाजा शान्ति योजना स्वीकार गर्न मनाउन टर्कीसँग ट्रम्पको आग्रह

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई हमासलाई गाजा युद्ध अन्त्य गर्ने आफ्नो योजना स्वीकार गर्न मनाउन मद्दत गर्न आग्रह गरेको बताएका छन् । त्यसबेलादेखि टर्कीका अधिकारीहरूले शान्ति प्रक्रियालाई समर्थन गर्न वार्तामा संलग्न भएको उल्लेख गरे । 

संयुक्त राज्य अमेरिका भ्रमणको क्रममा र आफूहरूको फोन संवादमा ट्रम्पलाई प्यालेस्टाइनमा समाधान कसरी प्राप्त गर्न सकिन्छ भनेर छलफल गरेको बताए । एर्दोगानले हमासले आजसम्म इजरायल भन्दा बढी रचनात्मक अडान देखाएको र इजरायलबाट यस्तै रचनात्मक व्यवहार नदेखिएको बताए । 

टर्कीले दुई–राज्य समाधानको आधारमा इजरायल–प्यालेस्टाइन समस्या समाधान गर्न काम गर्ने प्रतिवद्धता जनाए । एर्दोगानले गाजा प्यालेस्टिनी क्षेत्र नै रहनुपर्नेमा जोड दिँदै प्यालेस्टिनीहरूले अन्ततः गाजाको प्रशासन व्यवस्थापन गर्नु महत्वपूर्ण रहेको बताए ।    

Share News