काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित ३६ मेगावाट क्षमताको भोटेकोशी पावर कम्पनीले स्थानीय बासिन्दाहरूका लागि नि:शुल्क सेयर उपलब्ध गराउने सम्झौतामा ढिलाइ हुँदा स्थानीयहरू असन्तुष्ट बनेका छन् ।
हाइड्रोपावर कम्पनी र सर्वसाधारणबीच भएको सम्झौताअनुसार कम्पनीको १० प्रतिशत सेयर स्थानीय र सर्वसाधारणलाई वितरण गरिनुपर्ने थियो । तर अहिलेसम्म सेयर वितरण प्रक्रिया सुरु नभएको भन्दै स्थानीयहरूले कम्पनीलाई पत्र पठाएर असन्तोष व्यक्त गरेका हुन् ।
सेयर वितरणमा विभिन्न दलका जनप्रतिनिधि तथा सांसदहरूले भाग लिइरहेका छन् भन्ने विषयमा तत्काल स्पष्ट पार्न र वितरण प्रक्रिया सार्वजनिक गर्न स्थानीयहरूको माग छ ।
साथै सेयर पाएका व्यक्तिहरूको नामसमेत सार्वजनिक गर्न अनुरोध गरिएको छ ।
स्थानीयहरूले यस बारेमा उचित जानकारी र सेयर वितरण नभएमा कम्पनीको ड्याम र पावर हाउस अस्थायी रूपमा बन्द गर्न सक्ने चेतावनीसमेत दिएका छन् ।
