बीपी राजमार्गको ४ किलोमिटर सडक बगायो
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोले बीपी राजमार्गको ४ किलोमिटर सडक बगाएको छ । सडक विभागका अनुसार बीपी राजमार्ग अन्तर्गत बर्खेखोला-धुलीखेल सडकखण्डको १६ ठाउँमा ४ हजार ८ मिटर (४ किलोमिटर) सडक वासआउट भएको छ ।
विभागका अनुसार काभ्रेको मम्ती खोलामा ४ सय मिटर, माथिल्लो मम्तीमा २५५ मिटर, तत्लो पिप्लेमा २२० मिटर, माथिल्लो पिप्ले २२० मिटर, सुख्खा पहिरो पिप्लेमा ३६२ मिटर, डलाबेसीमा ८४१ मिटर, कालढुंगामा ८५ मिटर, बोक्सीकुनामा २ सय मिटर, च्युउरी बासमा २ सय मिटर, नर्केमा ५० मिटर, गिम्दी बेसीमा १ सय मिटर, चर्सया बेसी ३८० मिटर, कुटुन्जे बेसीमा ३ सय मिटर, चौकी डाँडामा ३७५ मिटर, दाम्चा पुलमा २० मिटर क्षति पु¥याएको छ ।