आइपीओ फारम भर्दा नागरिकता र फोटो नचाहिने

<p>काठमाडौं । अबदेखि आइपीओ फारम भर्दा नागरिकता र फोटो नचाहिने भएको छ । धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा दरखास्त दिने प्रक्रियालाई थप सहज गरी लगानीकर्ताहरुलाई सुविधा दिने उद्देश्यले यो व्यवस्था गर्न सम्पूर्ण निष्काशन तथा बिक्री प्रवन्धकलाई परिपत्र गरेको छ । पछिल्लो समयमा आइपीओ भर्नको लागि डिम्याट खाता अनिवार्य गरिएको र आस्वा प्रणाली कार्यान्वयनमा आएकाले यो व्यवस्था [&hellip;]</p>

काठमाडौं । अबदेखि आइपीओ फारम भर्दा नागरिकता र फोटो नचाहिने भएको छ । धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा दरखास्त दिने प्रक्रियालाई थप सहज गरी लगानीकर्ताहरुलाई सुविधा दिने उद्देश्यले यो व्यवस्था गर्न सम्पूर्ण निष्काशन तथा बिक्री प्रवन्धकलाई परिपत्र गरेको छ ।

पछिल्लो समयमा आइपीओ भर्नको लागि डिम्याट खाता अनिवार्य गरिएको र आस्वा प्रणाली कार्यान्वयनमा आएकाले यो व्यवस्था लागू गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार डिम्याट खाता खोल्दा नागरिकताको फोटोकपि र फोटो पेश गरिएको हुनाले थप झन्झट हुने व्यवस्था नगर्न र लगानीकर्तालाई सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था लागु गर्न लागिएको हो ।

तर यो व्यवस्था उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दाले दरखास्त दिने हकमा लागू नहुने बोर्डले जनाएको छ ।

Share News